नेभिगेशन
राजनीति

त्रसित भएका प्रचण्डले प्रधानमन्त्री ओलीलाई फोन घुमाए, कुरोकानी के भयो त?

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग वार्ता गरेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि फोन गरेका छन्।

उनले राजावादीको ठूलो हिस्साले प्रतिगमनकारी शक्तिलाई उठाउने प्रयास गरेको भनी एक भएर गणतन्त्र जोगाउनका निम्ति प्रधानमन्त्री ओलीसँग आग्रह गरेको विवरण प्राप्त भएका छन्।

उच्च स्रोतले क्यानडानेपालसँग भन्यो,‘प्रचण्डले प्रधानमन्त्री ओलीलाई फोन घुमाउनुभयो, राजावादी सलबलाए अब नियन्त्रणमा राखौं भन्ने कुराकानी भएको छ।’

गत साता ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा देखिएको भिडका कारण सदनमा रहेका दल त्रसित मुद्रामा छन्। ज्ञानेन्द्रले राजावादी शक्तिलाई बलियो बनाउनका लागि नवराज सुवेदीको नेतृत्वमा परिचालन समेत गरेका खबर सतहमा आएका थिए। 

समाजवादी मोर्चाले प्रतिरोध भन्दै यहि चैत १५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने निधो गरेका बेला सोही दिन राजावादी अभियानकारीले पनि कार्यक्रम राख्ने तयारी गरेका छन्।

सदनमा पनि राजसंस्थाका विषयमा जोडतोडका साथ कुरा उठेपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही र एमाले सांसद रघुजी पन्तबीच भनाभन भएको थियो।

अहिलेका गणतन्त्रवादी शक्ति दाबी गर्ने कांग्रेस, एमाले र माओवादीलाई ज्ञानेन्द्र शाहको पक्षमा भारतीय संस्थापन रहेको भन्ने परेको छ। उक्त भिडमा उत्तर प्रदेशका मुख्यमन्त्री तथा भावी भारतीय प्रधानमन्त्रीका रुपमा समेत हेरिएका योगी आदित्यनाथको तस्बिर राखिएको थियो। 

उक्त तस्बिरका कारण नै भारतीय विभिन्न मिडियामा नेपालमा राजतन्त्र र हिन्दूत्वको विषय बलियो बनिरहेको चर्चा चलेको थियो। यहाँसम्मकी नेपालको राजसंस्थालाई भारतीय गुप्तचर संस्था रअ प्रयोग गरी सिध्याएको प्रासङ्गीक बहस अहिले भाइरल भइरहेको छ।

‘यस्ता अन्तरवार्ताले अर्थ राख्छन्। अहिलेको भारत र नेपालको अवस्था, सम्बन्धको अवस्थितिले गणतन्त्रवादी शक्ति भनिने आत्तिएका हुन्’, उच्च स्रोतले भन्यो,‘यसैकारण व्यवस्थाका नाममा यी तीनै दल एक ठाउँमा उभिन सक्छन्।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति