१० अंकले घट्यो नेप्से, कारोबार कति ?
काठमाडौं– आइतबार २१.६३ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि ओरालो लागेको छ । सोमबार ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँको शेयर कारोबार हुँदा १०.१४ अंकले नेप्से घटेको हो ।
नेप्से परिसूचक घटेसँगै नेप्सेको पुँजीकरण पनि ०.३७ प्रतिशतले घटेको छ । आज भएको शेयर कारोबारमा १४५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ८५ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो । त्यस्तै, १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
नेप्से घटेपनि आज वित्त, होटेल तथा पर्यटन, लगानी र उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने बढेको छ । म्यूचुअल समूहको परिसूचक आज स्थिर रह्यो भने अन्य सबै समूहको परिसूचक घट्यो ।
आज राप्ती हाइड्रोका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने महालक्ष्मी विकास बैंकका शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ १५:२७
प्रतिक्रिया दिनुहोस्