निर्मल निवासका ‘च्वाइस’ नवराज सुवेदीले राप्रपा त्यागे, राजा ल्याउने संघर्षतिर लागेको घोषणा
काठमाडौं– पञ्चायतकालिन नेता नवराज सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्याग गरेका छन्।
सोमबार एक पत्रकार सम्मेलन समेत गरेका उनले राजा पुनस्थापित गराउनका लागि राप्रपा त्याग गरेको बताए।
राजा ल्याउने संघर्षमा निर्मल निवासका च्वाइस रहेका सुवेदीले भने,‘दलदेखि गैरदलीय सबै नै चाहिन्छन्। सबैको साथ चाहिन्छ। मचाहिँ अभियानमा जुट्ने भएकाले पार्टी त्यागेको हुँ।’
पञ्चायतकालिन नेता सुवेदीले आन्दोलन हाँक्ने कि राप्रपाको ब्यानरमा गर्ने भन्ने विवाद थियो। दुवै राप्रपालाई संयोजनको जिम्मेवारी प्राप्त भएन।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ १५:३२
प्रतिक्रिया दिनुहोस्