माओवादी सांसद राजन दाहालले ‘झूठ’ फैलाए, प्रचण्ड सचिवालय यसो भन्छ
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले झूठ फैलाएको पुष्टि भएको छ।
दाहालले कांग्रेसलगायतसँग सरकार बनाउने विषयमा कुरकानी चलेको आइतबार मात्र फैलाएका थिए।
तर त्यसको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ।
स्वकीय सचिव गोविन्द आचार्यकाअनुसार अहिले सरकार बनाउने, सरकारमा जाने या सत्ताको कुरामा प्रचण्ड केन्द्रित छैनन्।
प्रचण्डको सचिवालयले दाहालको भनाईको खण्डन गरेका कारण उनले झूठो हल्ला फैलाएको राजनीतिक वृत्तमा टिप्पणी भैरहेका छन्।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ १५:४८
प्रतिक्रिया दिनुहोस्