Nic Ad Nic Ad
Nic Ad Nic Ad

आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्नुहुँदैन : सांसद सिटौला

सोमबार, चैत ४, २०८१

काठमाडौँ- नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्न नहुने बताएका छन् । 

samridhi jewllers

राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद सिटौलाले देशलाई अगाडि बढाउन संविधान कार्यान्वयनको पुनरावलोकन गर्नुपर्ने बताए। उनले भने, “संविधानको कार्यान्वयनबाट जनतालाई के कति उपलब्धि दिन सक्यौँ ? सही ढङ्गले जनताको हितमा प्रयोग गर्न सकेका छौँ वा छैनौँ भनेर गम्भीर समीक्षा गरौँ ।”

 

 

 

सांसद सिटौलाले राज्य सञ्चालनमा त्रुटि वा संविधानमा कमजोरी छ भने संशोधन गर्नुपर्ने बताए । उनले भने, “जनताको हितका लागि छ भने संविधान संशोधन गर्नुपर्छ । संविधानमा सुनिश्चित गरिएका हक प्रचलनमा ल्याउन सक्यौँ वा सकेनौँ त्यसको समीक्षा आवश्यक छ ।”

द्वन्द्वपीडितलाई न्याय दिने काम छिटो टुङ्गाउनुपर्ने सांसद सिटौलाले बताए। उनले भने, “छिटो न्याय दिन आवश्यक छ । हामी सँगै लड्यौँ, मिल्यौँ, परिवर्तन र संविधान ल्यायौँ । अब मिलेर समस्या समाधान गर्नुपर्छ ।” परिवर्तनकारी राजनीतिक दलमा जुन दृढता देखिनुपर्ने त्यो नदेखिएको उल्लेख गर्दै उनले सबै एकताबद्ध भएर उभिने बेला आएको बताए ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्