धनुषामा प्रहरीले चलाएको गोली युवकको मलद्वारमा लाग्यो, विवाद यस्तो रहेछ
काठमाडौं– धनुषामा प्रहरीले गोली चलाएको छ। सबेला नगरपालिका–९ भठिहनस्थित भैरव चौकको नाम हटाएर यादव चोक राखिएपछि विवाद भएको थियो।
विवादले उग्र रुप लिन लाग्दा प्रहरीले गोली चलाएको बताइएको छ। स्थानीयकाअनुसार एक युवकको मलद्वारमा गोली लागेको हो।
भठिहनस्थित बलपूर्वक यादवचोकको बोर्ड लगाउन थालेपछि उत्पन्न भएको विवादको क्रममा केही युवकहरुले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। यसपछि स्थिति सामान्य पार्न फायर गरिएको थियो।
घाइते हुनेमा शहीद नगर नगरपालिकाका वडा नम्बर १ कुम्भकरणका सन्तोष यादव रहेका छन्। उनको उपचार जनकपुरधाम स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
यादव पक्षले विरोधीको घरमाथि ठुङ्गामुढा गर्न थालेपछि प्रहरीले विवाद सम्य पार्न खोज्दा प्रहरीतिर नै प्रहार हुन थालेको बताइएको छ।
विवादका क्रममा भएको झडपमा प्रहरी समेत घाइते भएको प्रहरीको दावी छ।