Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारको विषयमा मिलनबिन्दु हामीले देखेका छैनौँ : प्रचण्ड

सोमबार, चैत ४, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनाउनेबारे काँग्रेस-एमालेसँग छलफल नै नभएको बताएका छन् । सरकारमा जाने कुनै नीति नभएको र नहुने उनले बताए ।

samridhi jewllers

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘सरकारको विषयमा मिलनबिन्दु हामीले देखेका छैनौँ ।’

काँग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए अरे भनेर हल्ला चलेको भन्दै उनले त्यसमा सत्यता नभएको बताए । ‘हामीले सरकारमा जाने कुनै नीति लिएका छैनौँ, लिँदैनौँ पनि’ उनले भने, ‘सरकारमा जानेबारे ‘औपचारिक कुरा पनि भएको छैन ।’

तर सरकारमा रहेका दलहरूसँग सत्य निरूपण तथा मेलमिलाप आयोगको विषयमा भने छलफल हुने गरेको ‘प्रचण्ड’ले बताए ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्