Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेस सचेतक घिमिरेले भने- भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशका रूपमा आउँदैन

सोमबार, चैत ४, २०८१

काठमाडौँ- नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको गठबन्धन तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन् ।

samridhi jewllers

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले मुलुकको स्थायित्वका लागि वर्तमान सरकार गठन भएको भन्दै यसलाई तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताएका हुन् ।

उनले नयाँ सरकार गठन हुने भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे । घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रूपमा आउने सम्भावना समाप्त भएको उल्लेख गरे ।

उनले भूमिसम्बन्धी अध्यादेशलाई परिमार्जित गरेर सबैलाई स्वीकार हुने गरी कानुनकै रूपमा अगाडि बढाउने उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्