चैत १५ गते एक लाखभन्दा धेरै जनता काठमाडौँमा उतार्ने नेकपा एसको दाबी
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले राजावादीहरूलाई काउन्टर दिन चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाले एक लाखभन्दा धेरै जनता उतार्ने दाबी गरेको छ ।
स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष जगन्नाथ खतिवडाले जनता गणतन्त्रकै पक्षमा छन् भन्ने देखाउन विरोध सभा गर्न लागेको बताए ।
उनले दलहरूसँग जनता छैन भन्ने भाष्यलाई चैत १५ गते झल्को दिने बताएका छन् ।
उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको दाबी गरेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ १६:४६
प्रतिक्रिया दिनुहोस्