Nic Ad Nic Ad
Nic Ad Nic Ad

सञ्चारमन्त्री गुरुङले भने- भावनामा बगेर दोहोरो नागरिकता दिनु हुँदैन

सोमबार, चैत ४, २०८१

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालले भावनामा बगेर दोहोरो नागरिकतालाई स्वीकार नगरेको बताएका छन् ।

samridhi jewllers

आज (सोमबार) प्रतिनिधिसभामा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१’ माथि भएको छलफलमा सांसदहरूले राखेको सुझावका विषयमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको बताए । नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपाली मूलका व्यक्तिलाई मात्रै गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको उनको भनाइ छ ।

उनले भने, ‘भावनामा नडुबीकन नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई स्वीकारेको छैन नेपाल राज्यले। त्यस कारण हामीले के नबुझौँ भने गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नु परेको ? यो कुरा तपाई हामी यहाँ बसेका सबै माननीयज्युहरू हुनुहुन्छ, उहाँहरूले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेको जस्तो जनरल होइन । त्यो भन्दा भिन्न भएको हुनाले सहुलियतको रूपमा उनीहरूलाई गैरआवासीय नागरिकता प्रदान गरेको । त्यस कारणले गैरआवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ जो नेपाली मूलको विदेशी नागरिक छ र त्यहीँ बसेको छ, जसले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ ।’ सञ्चारमन्त्री गुरुङले विदेशमा बसेको नेपाली मूलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको बताए ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्