Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुशासन प्रवर्धन सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सोमबार, चैत ४, २०८१

काठमाडौँ- सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभा बैठकबाट बहुमतले पारित भएको छ ।

samridhi jewllers

सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो प्रस्ताव पारितका लागि सोमबार बैठकमा स्वीकृतिको प्रस्ताव गरेका थिए । विधेयक निर्णयार्थ बैठकमा प्रस्तुत हुँदा पक्षमा ९६ र विपक्षमा ४९ मत परेको थियो । उपसभामुख इन्दिरा रानाका अनुसार बैठकमा विधेयक निर्णयार्थ पेस हुँदा सांसद सङ्ख्या १४५ रहेको थियो ।

सोअघि मन्त्री गुरुङले सो विधेयक दफाबार छलफलका लागि संसद बैठकमा प्रस्तुत गरेका थिए । सो विधेयकमाथि दफाबार छलफलपछि उपसभामुख रानाले विधेयक पारितका लागि विधेयक निर्णयार्थ पेस गरेकी थिइन्।

बैठकमा सांसदहरू चित्रबहादुर केसी, प्रकाश ज्वाला, अमरेशकुमार सिंह, अशोककुमार चौधरी, प्रेम सुवाल लगायत सांसदहरूले धारणा राखेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्