Nic Ad Nic Ad
Nic Ad Nic Ad

NEWS FLASH : नेपाल प्रहरीका ३१ औं आईजीमा दीपक थापा नियुक्त, संगठन चलायमान बनाउने प्रतिक्रिया

सोमबार, चैत ४, २०८१

काठमाडौं– मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको ३१ औं महानिरिक्षक (आईजी)मा दीपक थापालाई नियुक्त गरेको छ।

samridhi jewllers

बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई नियुक्त गरेको हो। 

उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत रहेका थिए। 
क्यानडानेपालसँगको संक्षिप्त प्रतिक्रियामा थापाले संगठनलाई चलायमान बनाउने प्रतिक्रिया दिएका छन्। 

३०औं आईजी बसन्तबहादुर कुँवरको सोमबार रातीदेखि ३० बर्षे सेवा अवधि सकिएपछि नयाँ आईजी नियुक्त भएका हुन्। 

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले यस्तो निर्णय लिएको थियो।
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्