Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारका विषयमा मिलनविन्दु नै देखेका छैनौं : प्रचण्ड

सोमबार, चैत ४, २०८१

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सरकारमा जाने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् ।

samridhi jewllers

आज (सोमबार) काठमाडौंमा पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र सरकारमा जान लागेको भनेर बाहिर हल्ला चलाइएको जस्तो कुनै नीति नभएको बताएका हुन्।

बरू अन्य विषयहरूमा छलफल भइरहेको उनले बताए । ‘हिजो–अस्तीदेखि आइराखेको छ फेरि । अब कांग्रेस, एमाले र माओवादी तीनटा मिलेर सरकार बनाउने भए रे भन्ने चर्चा चलेको छ । हामी अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौं । कसैसँग औपचारिक कुरा पनि भएको छैन । टीआरसीसँग सम्बन्धित विषयमा कुरा गर्नु नै पर्छ । गरी पनि राखेको छु । तर सरकार बनाउने पक्षमा हामी बिल्कुल छैनौं,’ उनले भने ।


उनले यो सरकारप्रति सुरूदेखि नै आफ्नो बिमति रहेको बताएका छन् । ‘हामी भ्रष्टाचार रोक्नुपर्छ भन्ने अभियानका पक्षपाती भयौं अहिलेको सरकार त्यसलाई बचाउनु पर्छ भन्ने पक्षका भएपछि अहिले सरकारको विषयमा मिलनबिन्दु देखेका छैनौं,’ उनले भने

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्