Nic Ad Nic Ad
Nic Ad Nic Ad

यू-१९ विश्वकप एसिया छनोट खेल्ने नेपाली टिमको घोषणा

सोमबार, चैत ४, २०८१

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट खेल्ने टिमको घोषणा गरेको छ ।

samridhi jewllers

क्यानले सोमबार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो । यू-१९ नेपाली टिममा नरेन भट्ट (कप्तान), अभिषेक तिवारी (उप-कप्तान), निरजकुमार यादव, साहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री, अरविन्द घर्ती, सोहेल कुवँर, विपिन कुमार शर्मा, नितेश पटेल र अमर मिश्र । 

नेपालले नै आयोजना गर्ने एशिया छनौट अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा हुदै छ ।

एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। जसमा नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमान रहेका छन् । नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दै छन् भने हङकङ र ओमानले प्लेअफ छनोट खेल्दै आएका हुन् ।

एशिया छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ ।

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्