Nic Ad Nic Ad
Nic Ad Nic Ad

विदेश पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

सोमबार, चैत ४, २०८१

काठमाडौँ- विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

samridhi jewllers

पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका नगरपालिका-३ का ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बूढीनन्दा नगरपालिका-६ का २८ वर्षीय दीपेश राउत छन् ।

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । राउतले क्यानडा पठाउने भन्दै एक जनाबाट चार लाख र तामाङले माल्टा पठाउने भन्दै एक जनाबाट १२ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेका दुवै जनालाई कारवाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्