Nic Ad Nic Ad
Nic Ad Nic Ad

आरआरमा मध्यराति अनेरास्ववियुले गर्‍यो तालाबन्दी

मंगलबार, चैत ५, २०८१

काठमाडौं - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम तयारी भइरहेका बेला रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गरेको छ ।

samridhi jewllers

त्रिविका क्याम्पसमा आज स्ववियु नेतृत्व चयनका लागि मतदान हुँदैछ । आरआरमा भने सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेका बेला अनेरास्ववियुले सोमबार मध्यराति ताला लगाएको हो ।

क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको दाबी गरेको छ । यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग छ ।


यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ ।

निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिएका छन् ।

सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ ।


त्रिविको विश्वविद्यालय क्याम्पसमा पनि आज मतदान हुने छैन । प्रक्रिया केही ढिलो सुरु भएकोले विश्वविद्यालय क्याम्पसमा ८ गते मतदानको मिति तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्