Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिराटनगरमा गुन्डागर्दीको ताण्डव, ‘जेलका पनि डन’ गिरीको टाउको फुटाउने को हुन्?

मंगलबार, चैत ५, २०८१

काठमाडौं– ‘गुन्डा नाइके अभिषेक गिरीको टाउको फुटाइएको छ।’

samridhi jewllers

जेलमा चौकीदार समेत बनेर डनगिरी देखाउने अभिषेक गिरी कांग्रेसका जानेमाने गुन्डा हुन्।

गुन्डागर्दीमा संलग्नले नै होटल रत्नाको क्यासिनोमा गिरीको टाउको फुटाए। जबकि, नेपालको क्यासिनोमा नेपाली छिर्न पाउने कानुनी प्रावधान छैन।
मोरङ प्रहरीको कमान्डमा पनि प्रश्न उठेको छ।

बिराटनगरमा यो घटनाले गुन्डागर्दीको नयाँ ताण्डवको खुलासा गरिएको छ। उक्त क्यासिनो अभिषेक गिरीले नै चलाएको भन्ने बताइन्छ।

क्यासिनो प्रवेशको विषयलाई लिएर गिरी र अर्का डन रोनाल कँडेलको समूहमा झडप भयो। 

गिरीको टाउकोमा गमलाले हानेपछि उनको टाउको फुटेर अहिले टाँचा लगाइएको जनाइएको छ।

नेपालीलाई प्रतिबन्ध रहेको क्यासिनो प्रवेशका लागि कँडेलसहित एमाले मोरङका नेता किरण लामाले जबर्जस्ती गरेपछि दुईपक्षबीच कुटाकुट भएको थियो। 

मध्यरातमा विभिन्न काण्डमा मुछिँदै आएका कँडेललाई लिएर क्यासिनो पुगेका लामाले अर्का डन गिरीको टाउकोमा गमला प्रहार गरेका हुन्। 

मध्यरातमा भएको झडप नियन्त्रणमा लिन नसकेपछि डिएसपीको कमाण्डमा प्रहरीको टोली खटिएको थियो।

घटनामा संलग्न भनिएका कँडेल यसअघि पनि पटकपटक धेरै झगडाहरुमा मुछिइरहने व्यक्ति हुन्। उनी यसअघि विराटनगरमा एक व्यक्तिलाई तरबार प्रहार गरेको आरोपमा पक्राउ परेका थिए। 

उनले बिराटनगरको बसपार्कमा रातीको समयमा विराटनगरकै विजय कामतलाई तरबार प्रहार गरेर घाइते बनाएका थिए।

पटक–पटक विराटनगरको क्यासिनोमा वितण्डा मच्चाइरहने कँडेल २०८० पुस २६ गते सम्राट क्यासिनोबाटै बाहिरिने क्रममा विक्रम थपलिया भनिने व्यक्तिसँग कुटाकुट गरेका थिए। 

यसअघि ७ पटक पक्राउ परिसकेका कँडेल सधैं विवादमा आइरहेका छन्। कँडेल २०७१ सालमा सार्वजनिक अपराधको मुद्दा, २०७३ सालमा ज्यानमार्ने उद्योग, २०७४ सालमा सार्वजनिक अपराध, अभद्र मुद्दाहरुमा मुद्दा चलेका व्यक्ति हुन् भने २०७७ सालमा ठगी मुद्दामा पक्राउ परेका थिए।

बिराटनगरमा एमाले र कांग्रेसका गुन्डा नाइकेबीच हुने विवाद नयाँ होइनन्। यसअघि गिरीमाथि पर्शुराम बस्नेतको समूहले पनि आक्रमण गरेको थियो। 
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्