Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वतन्त्र सांसद अमरेशविरुद्ध परराष्ट्रमन्त्री आर्जुको मुद्दा पेशीमा चढ्यो, अब के होला?

मंगलबार, चैत ५, २०८१

काठमाडौं– परराष्ट्रमन्त्री आर्जु राणाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेशीमा चढेको छ।

samridhi jewllers

मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पेसी तोकिएको हो। राणाले सिंहविरुद्ध २०८० जेठ २४ गते जिल्ला अदालत काठमाडौँमा गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन्। 

सिंहले राणालाई नक्कली शरणार्थी प्रकरणमा मुछिएको भ्रष्ट महिला भएको टिप्पणी समेत गरेका थिए। सिंहले आर्जुलाई गणतन्त्रको पम्फादेवी समेत भन्न भ्याएका थिए। 

२०८१ जेठ २२ गते जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दालाई मेलमिलापमा पठाउने आदेश गरेको थियो।

मेलमिलाप हुन नसकेपछि मुद्दा पुनः सुनुवाइका लागि अदालत नै फर्किएको थियो। अदालतले के आदेश देला?
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्