Nic Ad Nic Ad
Nic Ad Nic Ad

किन भेट्दैछन् देउवा, ओली र प्रचण्ड?

मंगलबार, चैत ५, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ताको समय तालिका तयार पारिन थालिएको छ।

samridhi jewllers

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न प्रमुख दलका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको हो। 

प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा एमाले नेता अग्नि खरेललाई नियुक्त गरेसँगै आयोग गठनको तयारीस्वरुप प्रमुख दलका नेताहरूबिच छलफलको तयारी भएको हो। 

केही दिन अघि खरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका थिए। छलफलमा अवरुद्ध प्रक्रिया अघि बढाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन ढिला गर्न नहुनेबारेमा कुराकानी भएको थियो।

यसबाहेक अहिलेको व्यवस्थाकै बिरोध भैरहेका कारण एक जुट हुने र साझा धारणा तयार पारी लोकतान्त्रिक गणतन्त्र पक्षधरको एकता कायम राख्ने विषयमा पनि कुराकानी हुन लागेको उच्च स्रोतले जनाएको छ।

यसबाहेक राष्ट्रिय सहमतिको सरकारको चर्चा थियो। तर, यो चर्चालाई एमाले सचिवालय बैठकले खारेज गरेको थियो भने प्रचण्डले पनि त्यस्तो तयारी नभएको बताएका थिए।
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्