मोरङको धनपालथानमा आगलागीमा परी दुई बालिकाको मृत्यु, ८ घर जलिसके
काठमाडौं– मोरङ जिल्लाको धनपालथान गाउँपालिका–६ मा मंगलबार भएको आगलागीमा ८ घर जल्दा दुई बालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृतक बालबालिकाको परिचय भने खुलेको छैन।
चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ १३:४१
प्रतिक्रिया दिनुहोस्