सुनसरी सभापति जीवनले भनेका थिए,‘रास्वपा कम्पनी हो’ : सोधियो स्पष्टीकरण (पत्रसहित)
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी सभापति जीवनकुमार श्रेष्ठलाई २४ घन्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधिएको छ।
रास्वपा कोसी प्रदेश समितिले श्रेष्ठलाई सोमबार स्पष्टीकरण सोध्दै २४ घन्टाभित्र जबाफ दिन भनेको छ। आधिकारिक ग्रुपमा ‘चैत ३ गते कोसी प्रदेशको
आधिकारिक ग्रुपमा प्रदेश समिति सदस्य धनेश्वर शाहको ‘४ गतेको बैठक ८ गते सरेको हो ? भन्ने जिज्ञासामा तपाईंले ‘यहाँ जे पनि हुनसक्छ। यो कम्पनी हो पार्टी हैन’ भन्ने अभिव्यक्ति दिई पार्टीप्रति दिग्भ्रमित पार्ने काममा अग्रसर भएका कारण स्पष्टीकरण दिन पार्टीले उर्दी जारी गरेको छ।
कोसी प्रदेशका कार्यवाहक सभापति गोमा तामाङ (सरिन) छन्। उनैले स्पष्टीकरण सोधेका हुन्।
चौथो ठूलो राष्ट्रिय पार्टीलाई कम्पनी भन्नु पार्टी विधान २०७४ (तेश्रो संशोधन) को धारा २४ को ३ को (छ) को ४ बमोजिम पार्टी, मुलुक र जनताको हितविपरीत हो। पार्टीको नीति, उद्देश्य र कार्यक्रम विपरीत पार्टी सदस्यलाई नैरास्यता बढाउने गतिविधिमा लाग्नुभएकाले यहाँलाई पार्टीले जिल्ला सभापति नरहने गरी कारबाही किन नगर्ने? २४ घन्टाभित्रमा लिखित स्पष्टीकरण पेस गर्न हुन अनुरोध छ।
समय सीमाभित्र स्पष्टीकरण प्राप्त नभएमा यहाँले पार्टी गतिविधि विपरीत लागेको स्वीकारेको ठानी पार्टी बिधान बमोजिम कार्बाही गर्ने व्यहोरा जानकारी गराइन्छ,’ स्पष्टीकरणमा भनिएको छ।