Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादीको तराई-मधेश जागरण अभियान चैत ७ गतेबाट सुरु हुने

मंगलबार, चैत ५, २०८१

काठमाडौँ- राजावादीहरूको सक्रियता बढेपछि रोकिएको माओवादीको पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ।

samridhi jewllers

पूर्वनिर्धारित कार्य तालिकामा फेरबदल गरेर अभियानलाई अगाडि बढाउने लागिएको हो।

रोकिएको अभियान ७ गते बाराबाट सुरु हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए। उनका अनुसार ७ गते बारा, ८ गते पर्सा र ९ गते चितवनमा अभियान सकेर नेताहरू काठमाडौँ फर्किनेछन्।

काठमाडौँमा राजावादीहरूलाई काउन्टर दिन समाजवादी मोर्चाको तर्फबाट काठमाडौंमा चैत १५ गते विरोध सभा गर्दैछ।

अभियानका लागि भोलि अध्यक्ष ‘प्रचण्ड’सहित शीर्ष नेताहरू बारा जाँदैछन्। अभियानमा उपमहासचिवसम्म पार्टीका नेताहरूलाई अनिवार्य सहभागी हुँदैछन्।

माओवादीले फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको थियो।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्