Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपा फुटेपछि साथीहरू नेताको डमरु बजाउन थालेछन्ः निस्क्रिय मान्छेले पिठ्युँ थाप्यो

आजको नेता स्मार्टमात्र भएर पुग्दैन हाइटेक बनेर बौद्धिकताको बिस्कुन सुकाउन सक्ने हुनुपर्छ
मंगलबार, चैत ५, २०८१

कमाण्डर पोस्ट दैनिकमा समाचार सम्पादक रहँदा मेरा प्रधान सम्पादक रहनुभएका युगनाथ शर्मा पौडेलले फोन गर्नुभयो। 

samridhi jewllers

‘विनोद आजको राजनीतिक अवस्थाबारे तिम्रो राय र धारणा के हो? कफि खाँदै कुराकानी गर्न मन छ।’

मैले भनें,‘हुन्छ।’

स्व. गणेशमान सिंहको राजनीतिक जीवनलाई राम्रोसँग पगेर्नुभएका युगनाथ दाईले फेरि भन्नु भयो, ‘सुन त।’

‘प्रधानमन्त्री केपी शर्मा ओलीको सदन विघटनको निर्णय तिमिलाई कस्तो लागेको छ?’

‘दाई बसेर कुरा गरौं न। यसबारेमा मेरा उत्सुकता र धारणा धेरै छन्।’

युगनाथ दाई एउटा पुरानो थोत्रो टाइपको मोटरमा अनामनगर आउनुभयो। 

त्यसबेलासम्म हामीले कोभिडका कारण ‘बन्द भएको ‘जनप्रहार’ साप्ताहिक प्रकाशन गर्न भ्याएका थिएनौं। तर, अनलाइन न्युजसेभेन अनलाइन पत्रिकाको एउटा उचाईको यात्रा गरिरहेका थियौं। आजका दिनमा म उक्त अनलाइनमा सहकर्ममा त छैन तर नाम ‘कागजपत्र’ राखेर साथीहरूले चलाइरहनुभएको छ।

युगनाथ दाईसँगको संवादपूर्व त्यस अनलाइनका सन्दर्भमा र सदन विघटनको प्रस्तावको रोचक प्रसङ्गलाई कोट्याउँछु।

बिहान क्याबिनेट बसिसकेको थियो। कसैले मलाई खबर गरिदियो। मेरो उच्च स्रोतले भन्यो,‘सदन विघटनको प्रस्ताव पेश भयो, मन्त्रीहरू नै विद्रोहमा जान लागे।’

खबर मिडियामा आएको थिएन। यो मेरो सम्पादनमा रहेको नयाँ अनलाइनलाई बढाउनु एकातिर थियो भने जनतालाई सूचना दिनु अर्कातिर थियो।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘बमबार्ड द हेडक्वार्टर’ गरिसकेका थिए। एमाले निल्ने उनको प्रपञ्चको विषयमा त निरन्तर मैले लेखिरहेको थिएँ। 

त्यसले कति छाप पारेको थियो, मापन गरिन। मभित्र रहेको एउटा लजिकचाहिँ के हो भने पत्रकारले प्रकाशन गरिसकेपछि एक जना मात्रैले पढ्यो भने पनि त्यसमा आत्तिन हुन्न, धेरैले पढे भने मात्तिन हुन्न।

ठूला भनिएका मिडियाले समाचार बनाइरहेका थिएनन्। अझ, त्यसबेला नयाँ नयाँ अनलाइनका बाढी आउने क्रम थिए। 

मनमनै सोचें, ठोक्दे केटा।

म मेरो स्रोतप्रति भरपर्दो छु भने यो खबर सत्य हो। मैले हेडलाइन राखिदिएँ,‘प्रधानमन्त्री ओलीद्वारा प्रस्ताव सदन विघटनको मन्त्रिपरिषदमा पारित।’

मन्त्रीले विद्रोह गरे भन्ने आइरहेको थियो। तर म जत्तिको विवेक राख्नेलाई हेक्का थियो कि हाम्रो प्रणालीको मन्त्रिपरिषदको बैठक भनेको प्रधानमन्त्रीय प्रणाली हो। 

अनलाइनको न्यूजको भ्यूज यस्तो भयो कि हामीले टेक्निसियनलाई समेत भन्नुपर्ने अवस्था आयो। 

पूर्वअञ्चलाधिश पदबहादुर विष्टका छोरा थिए इटहरीमा दुर्गाबहादुर विष्ट। साह्रै मूडी मानिस। अनि अचम्मका पनि। भाउन्नेमा खै कति सय हो कि ठूलो जग्गामा केरा लगाएका रहेछन्। तिनले त्यसबेला केराबारी घुमाउँदै भन्थे क्या,‘विनोद भाई! पार्टी छाडेर जाने गद्दार हुन्। तर, छाडेर आउनेचाहिँ हृदय परिवर्तन भएका राम्रा र हाम्रा मान्छे हुन्।’

ठूला मिडियाका कतिपय सम्पादकले फोन गरेर भने मलाई,‘यस्तो हुनै सक्तैन। संविधानमा त्यो प्रावधान छैन।’

मेरो ओठे उत्तर थियो,‘अहिले प्रावधान हेर्ने फुर्सद भएन, जे भएको हो त्यो मैले बजाइदिसकें, अब तपाईको मिडियाको ठेक्का मैले लिने हैन, तपाईहरु रिस्क लिए लिनुस् नलिए नलिनुस्।’

अनि बिहान साढे ११ बजे प्रकाशित समाचारले ढोल पिटिसक्या थियो। अरु कसैले नहाल्दा कतै चुकियो कि क्या हो जस्तो पनि लाग्यो। तर, सम्पादकले निर्णय लिएपछि त्यसमा माफी माग्न सकिन्छ, ब्याक हुन सकिन्न भन्ने विषयले सन्तोष दिलायो। 

अनि ४ बजेतिर शितल निवासबाट एउटा विज्ञप्ति जारी भयो,‘प्रतिनिधि सभा विघटनको निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत।’

अनि प्रचण्डहरूका रोदन, सबैभन्दा बढी हल्ला गरिरहेका थिए, योगेश भट्टराईं। रामकुमारी झाँक्रीहरुका तमासादेखि लिएर कानुनका जानकारका टिप्पणी र रोइलो सुरु भए। 

यति मात्र भएन, यो निर्णय हुनासाथ प्रेस चौतारी नेपालका साथीहरू पक्ष र विपक्षमा खण्डित भए। अनि, नेताको डमरूका रुपमा बझ्न थाले। 

धेरै पेचिला कुरा त यहाँ नलेखौं, कुनै दिन पुस्तकमा नै प्रकाशन होला। अहिलेलाई यत्ति बुझौं, म प्रधानमन्त्रीको पक्षमा उभिएँ, सदन विघटनको पक्षमा एकछत्र अहिलेसम्म पनि पैरवी गर्ने ल्याकत राख्छु।

अब युगनाथ दाईतिर फर्कौं, फेरि।

दाई पनि सदन विघटनको कथामा रुमल्लिनु भएको रहेछ।

‘प्रधानमन्त्रीलाई सदन विघटनको अधिकार दिनुपर्छ। देशमा संकट आयो भने संकटकालको अधिकार पनि दिनुपर्छ। प्रधानमन्त्रीले सबैलाई सोधेर बस्ने बेला हुन्छ र, त्यसमा’, युगनाथ दाई बढ्नुभयो,‘कसैले हमला गरिदियो भने कसलाई सोधेर बस्ने? संविधानमा त्यो स्पेश नराख्नु त्रुटी हो।’

कुराहरू धेरै भए। नेपालको सेनाले किन टेक ओभर गर्न सक्तैन, गर्नका लागि कसको सपोर्ट आवश्यक छ भन्नेदेखिका अनेक–अनेक। बर्मातिर भर्खरै सैनिकले शासन हत्याएको बेला पनि परेको थियो, त्यो। 

म प्रेस चौतारी नेपाल भनेर नै त्यसबेला पूरापूर सक्रिय पनि होइन। अहिले पनि अजेन्डमबाहेकमा मेरा तर्क रहँदैनन्। तर, परेको बेला संगठनलाई बोक्ने कि नबोक्ने? यो आम प्रश्न हो। 

संगठनले जीन्दगीभरी बोकेर त्यसैबाट परिचय स्थापित गर्दै नेता र मन्त्रीका सल्लाहकार बनेर हिँड्न सहज हुँदा संठगनप्रतिको लगाव र इमान आजको प्रश्न हो कि होइन?

यहि प्रश्नको टाकुराबाट प्रदीप नेपालले मलाई प्रेस चौतारीको सदस्यता बनाएको विस्मृतिमा रुमल्लिएको थिएँ। यति मात्र हैन, यसबीचमा प्रेस सेन्टरको सचिवालयसम्म राखिने प्रस्ताव पनि आए। तर, त्यहिबेला उपाध्यक्ष गणेश पाण्डे र अध्यक्ष गणेश बस्नेतले केन्द्रीय सदस्य बस्नुपर्छ भनेर मनोनित गरेपछि संस्थागत रुपमा नै अगाडि बढ्ने सोच आयो। 

सांगठनिक रुपमा हिँड्नका लागि र पद पाउनका लागि नेताको डमरु त बन्नुपर्ला। तर, आजको नेता स्मार्ट हुनुपर्छ भन्छौं हामी। स्मार्ट मात्र भएर पुग्दैन हाइटेक र स्टाइलिससँगै बौद्धिकताको विस्कुनलाई छर्न सक्ने हुनुपर्छ भन्ने मेरो मान्यता छ।

म यो दाबी गर्दिन कि मैले बोकेर केपी शर्मा ओली र एमाले जोगिएको हो। तर, आपतका बेला परालको त्यान्द्रो पनि काम लाग्न सक्छ भन्ने मानकको दृष्टान्त हो। सक्रिय भएका बेला जस–जसले जति रमाएर हुल्लडी कुरा गरे पनि हुन्छ। इमान देखाए नि हुन्छ। तर, परेको बेला काम लागेन भने त्यो अवसरवादको एउटा चरमपन्थ हुन्छ भन्ने मेरो निजी मान्यता हो। 

तर फेरि पनि म बहुलवादीय विचारको पक्षपोषक हुँ। सच्चिन, सच्याउन र बनाउनका लागि जो पनि संगठित हुन पाउँछ।

पूर्वअञ्चलाधिश पदबहादुर विष्टका छोरा थिए इटहरीमा दुर्गाबहादुर विष्ट। साह्रै मूडी मानिस। अनि अचम्मका पनि। भाउन्नेमा खै कति सय हो कि ठूलो जग्गामा केरा लगाएका रहेछन्। तिनले त्यसबेला केराबारी घुमाउँदै भन्थे क्या,‘विनोद भाई! पार्टी छाडेर जाने गद्दार हुन्। तर, छाडेर आउनेचाहिँ हृदय परिवर्तन भएका राम्रा र हाम्रा मान्छे हुन्।’

साथीहरूको परिवर्तित हृदय अझ विशाल बन्नेछ। यहि मेरो मेलो र मेसोको कुरो हो। बाँकी त राष्ट्रिय महाधिवेशनमा बिराटनगरको गर्मीसँग नरम मिजासका कुराकानी हुने नै छन्।
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्