Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजावादीले ठूलो मूल्य चुकाउनुपर्ने प्रचण्डको चेतावनी

मंगलबार, चैत ५, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गरेका छन् ।

samridhi jewllers

मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउने मुर्खता गर्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने जिकिर गरे ।

‘फेरि अर्को मुर्खता नगरियोस् । नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने ।

अहिले सुरु भएको डिबेटले जनतालाई अझै चेतनशील बनाउने अवसर हुनसक्ने प्रचण्डले बताए ।

‘अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर हुनसक्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘राजतन्त्र पुनस्थापना त असम्भव छ, तर यसले बहस अघि बढाउन सहज बनाउँछ भन्ने मेरो बुझाई छ ।’

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्