Nic Ad Nic Ad
Nic Ad Nic Ad

निकिता चाण्डकले गरिन बलिउडमा इन्ट्री, संजयलीला भन्सालीको फिल्म खेल्ने

मंगलबार, चैत ५, २०८१

काठमाडौं- हाल हलमा चलिरहेको ‘राजागंज’ सिनेमामा गरेको कामका लागि तारिफ बटुलिरहेकी पूर्व मिस नेपाल निकिता चाण्डकले बलिउडमा ठूलो सफलता हात पारेकी छन्।

samridhi jewllers

उनी ‘बाजीलाई मस्तानी’, ‘देवदास’ तथा ‘हिरामण्डी’ वेब सिरिजका निर्माता संजय लिला भन्सालीको नयाँ प्रोजेक्टका लागि छनौट भएकी छन्।

आफ्नो इन्स्टाग्राम मार्फत उनले यो जानकारी सार्वजनिक गरेकी हुन्।

आफ्नो पोस्टमा उनले निर्माता-निर्देशक भन्सालीसँगको फोटोसहित आफूलाई मिलेको सफलताको पोस्ट राखेकी छन् ।

“सञ्जय लीला भन्साली सरको सिनेमा संसारको सानो हिस्सा बन्न पाउँदा अत्यन्तै आभारी र उत्साहित छु। भारतमा मेरो पहिलो परियोजना यसभन्दा राम्रो हुन सक्दैनथ्यो।”, उनले पोस्टमा लेखेकी छन्।

तर उनले कस्तो र कुन खाले सिनेमामा आफूलाई जोड्न सफल भएकी हुन भन्ने बारेमा भने केही जानकारी दिएकी छैनन् ।

संजय यतिबेला ‘लभ एण्ड वार’को सुटिङमा व्यस्त रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्