Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्ववियु निर्वाचन : देशभरका ३८ आगिंक र तीन सय सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै मतदान

मंगलबार, चैत ५, २०८१

मंगलबार ३८ वटा आंगिक र ३ सय सम्बन्धनप्राप्त क्याम्पसमा मात्रै निर्वाचन भएको छ । ६२ वटा आंगिकमध्ये २४ वटा क्याम्पसमा चुनाव नै भएन ।

samridhi jewllers

जसमध्ये त्रिवि केन्द्रिय क्याम्पस, आरआर क्याम्पस, शंकरदेव क्याम्पससहितका क्याम्पस छन् ।

ठूला क्याम्पसहरुमा विद्यार्थीहरुको अवरोधका कारण चुनाव नै भएन । मंगलबार चुनाव हुन नसकेका क्याम्पसमा पालैपालो चुनाव गराउने त्रिविले तयारी गरेको छ ।

पृथ्वी नारायण क्याम्पस बुधबार चुनाव हुँदैछ । केन्द्रिय क्याम्पस त्रिविमा ८ गते, सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा ९ गतेलाई मतदान तोकिएको छ ।

अन्य आगिंक क्याम्पसहरुमा पनि पालैपालो चुनाव गर्दै जाने  त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्