Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब, एक नेपालीको भागमा ९० हजार माथि

मंगलबार, चैत ५, २०८१

काठमाडौं- नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब नाघेको छ ।

samridhi jewllers

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार फागुन मसान्तसम्म यस्तो ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको उक्त ऋण ८ महिनामा अवधिमा मात्रै २ खर्ब ४२ अर्ब रुपैयाँले बढेको हो । यो ऋण रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ४६.९१ प्रतिशत बराबर हो । 

उक्त रकममध्ये आन्तरिक ऋण दायित्वतर्फ १३ खर्ब १५ अर्ब रुपैयाँ तथा बाह्य ऋण दायित्वतर्फ १३ खर्ब ६० अर्ब रुपैयाँ रहेको कार्यालयले जनाएको छ । आन्तरिक र बाह्य ऋणको यो हिस्सा क्रमशः ५०.८३ प्रतिशत तथा ४९.१६ प्रतिशत हो । 

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले २ खर्ब ६९ अर्ब १५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको छ । यस्तै,  बाह्य क्षेत्रबाट ६५ अर्ब ४७ करोड रुपैयाँ प्राप्त गरेको छ । 

यही अवधिमा १ खर्ब ३४ अर्ब ४७ करोड बराबर तथा बाह्यतर्फ २४ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणको सावाँ तिरेको कार्यालयले जनाएको छ । त्यस्तै, यही अवधिमा ३६ अर्ब ९७ करोड रुपैयाँ बराबरको आन्तरिक ऋणको ब्याज भुक्तानी तथा ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको बाह्य ऋणको ब्याज भुक्तानी गरेको तथ्यांक छ । 

अहिलेसम्म विदेशी विनिमयदरमा भएको ह्रासका कारण मात्रै ६६ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋण वृद्धि भएको कार्यालयले जनाएको छ । 

सरकारले यो वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण तथा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको बाह्य ऋण उठाउने लक्ष्य लिएको छ । त्यसमध्ये अहिलेसम्म प्राप्ति प्रतिशत आन्तरिकतर्फ ८१.५६ तथा बाह्यतर्फ ३०.१७ प्रतिशत हो ।

यो ऋण रकम प्रतिव्यक्ति ९० हजार ३२० रुपैयाँ बराबर हो । २०७८ को जनगणना अनुसारको जनसंख्या र वार्षिक वृद्धिदर समेतका आधारमा प्रतिव्यक्ति ऋण सो बराबर पुगेको हो । 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्