थापाथली क्याम्पसमा नेविसंघका खड्का निर्वाचित
काठमाडौं- थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा प्रह्लाद खड्का निर्वाचित भएका छन् ।
नेविसंघबाट उम्मेदवार बनेका खड्का क्याम्पसको स्ववियु अध्यक्षमा विजयी भएको क्याम्पस प्रमुख खेम ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्ष नेविसंघका ऋषिकेश प्रजापती निर्वाचित भएका हुन् ।
उनले मतगणना सकिए पनि आधिकारिक घोषणा हुन भने बाँकी रहेको बताए ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ १९:१५
प्रतिक्रिया दिनुहोस्