Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

मंगलबार, चैत ५, २०८१

चितवन - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मंगलबार निर्वाचन भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका चितवनका दुईवटा क्याम्पसमध्ये एउटामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।

samridhi jewllers

त्यसैगरी अर्को क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार अध्यक्ष निर्वाचित भए । त्रिविको आंगिक क्याम्पस रामपुरको चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका हुन् ।

नेविसंघ र माओवादनिकटको अखिल क्रान्तिकारीको समर्थनसहित स्वतन्त्र उम्मेदवारी दिएका प्रज्ज्वल अधिकारी चितवन इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा निर्वाचित भए । उनले अनेरास्ववियुका विशाल पोखरेललाई पराजित गरेका हुन् । १३२ मतदाता रहेको उक्त क्याम्पसमा सबै मत खसेको थियो । विजयी अधिकारीले ७८ मत ल्याउँदा पोखरेलले ५४ मत ल्याएको निर्वाचन अधिकृत भुपेन्द्रजंग केशरी चन्दले बताए ।

Advertisement

An independent candidate has won the post of president of Chitwan Engineering Campus

त्यसैगरी त्रिविको सम्बन्धनप्राप्त शारदानगरको सहिद स्मारक कलेजको स्ववियु अध्यक्षमा नेविसंघका अनिष थापा मगर विजयी भएका छन् । तर उक्त कलजमा भएको मतदानप्रति भने एमाले निकटको अनेरास्ववियुले विरोध जनाएको छ । ‘हाम्रा उम्मेदवारलाई मतदानपूर्वका कुनै पनि प्रक्रियामा सामेल नगराई मतदान अगाडि बढाएकोमा हाम्रो गम्भीर आपत्ति रहेको जानकारी गराउँछौं,’ अनेरास्ववियुको कलेज समितिका अध्यक्ष राकेश गुरुङले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

अखिलका चितवन जिल्ला अध्यक्ष हरि आचार्यले मंगलबार निकालेको प्रेस विज्ञप्तिमा तत्काल विद्यार्थी संगठनसँग छलफल गरेर मतदानपूर्वका प्रक्रिया थालनी गर्न माग गरेका छन् ।

वीरेन्द्रनगरको जनआदर्श बहुमुखी क्याम्पसमा सर्वसम्मत स्ववियु गठन भएको घोषणा फागुन २७ मै भइसकेको छ । चितवनका निर्वाचन हुनुपर्ने अन्य कलेजमध्ये चारवटामा मनोनयन नै दायर भएको थिएन । ११ वटा कलेजमा विभिन्न विद्यार्थी संगठनहरूको तालाबन्दीले गर्दा मनोनयन भए पनि मंगलबार हुनु पर्ने मतदान हुन सकेन ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्