Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

मंगलबार, चैत ५, २०८१
samridhi jewllers

काठमाडौं - नेपाली कांग्रेसले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको छ । 

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् । 

बैठकमा राजावादीको प्रदर्शनका विषयमा पनि छलफल भएको र अहिलेको व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्णरूपमा क्रियाशील हुने निष्कर्ष निकालेको प्रवक्ता महतले जानकारी दिदै सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल नभएको बताए । 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्