Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली यू–१९ पुरुष फुटबल टिमको प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

मंगलबार, चैत ५, २०८१

काठमाडौं -  नेपाली यू–१९ पुरुष राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् ।

samridhi jewllers

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले उनलाई सम्झौतापत्र हस्तान्तरण गरेका हुन्। 

योसँगै उनले साफ यू–१९ पुरुष च्याम्पियनसिप प्रतियोगिताका लागि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।

उर्जनले यसअघि नेपालमै आयोजना भएको साफ यू२० च्याम्पियनसिपमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । 

नेपालले साफ यू१९ च्याम्पियनसिपको समूह बी मा रहेको नेपालले पहिलो खेल मे ११  श्रीलंकासँग खेल्नेछ । समूह चरणको दोस्रो खेल मे १३ मा भारतसँग खेल्नेछ ।  समूह ए मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ। यस प्रतियोगितामा ६ वटा राष्ट्रले सहभागिता जनाउनेछन् । 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्