Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा चट्याङसहित वर्षा

बुधबार, चैत ६, २०८१

काठमाडौं - आज पनि देशमा पश्चिमी वायूको साथै स्थानीय वायूकोसमेत आंशिक प्रभाव रहेको छ ।

samridhi jewllers

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको छ ।

उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।


 

 

 

 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्