Nic Ad Nic Ad
Nic Ad Nic Ad

०८४ को छायाँ चुनावी सर्वेक्षणः प्रारम्भिकमा नै कांग्रेस, एमाले पहिलो र दोस्रो, माओवादी तेस्रो

स्वतन्त्रले पनि विविध ठाउँमा धक्का दिन सक्ने स्थिति, माधव नेपाल शून्य र राजसंस्थावादीको हालत पङ्चर
बुधबार, चैत ६, २०८१

काठमाडौं– विवादीतबाहेक मंगलबार भएका त्रिवि आवद्ध आंगिकलगायतका क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले आगामी ०८४ सालमा हुने आम निर्वाचनको छायाँ सर्वेक्षणको नतिजा दिइरहेको छ।

samridhi jewllers

गठबन्धन नगरी एक्ला एक्लै चुनावी मैदानमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका भ्रातृ संगठनका रुपमा रहेका विद्यार्थीका संस्थाले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान कब्जा गरिरहेका छन्।

स्ववियु चुनावलाई आम निर्वाचनको छायाँ चुनावी सर्वेक्षण मानिन्छ। 

अहिले आइरहेका प्रारम्भिक नतिजाले नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ पहिलो देखिएको छ। यस्तै नेकपा एमालेको अनेरास्ववियु दोस्रो पोजिशनमा रहँदा माओवादीको अखिल क्रान्तिकारी तेस्रो पोजिशनमा छ।

विविध क्याम्पसमा स्वतन्त्र उम्मेदवारले धक्का दिएका छन्। स्वतन्त्र उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मौन समर्थन रहेको बुझिएको छ। यसको अर्थ ०८४ मा पनि यी तीन दलपछि स्वतन्त्र हुन सक्ने प्रक्षेपण गरिन्छ। 

स्ववियु चुनावमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समर्थित विद्यार्थी संगठनको शून्यप्रायः छ भने राजसंस्थालाई बोकेको राजावादी दलका रुपमा रहेको राप्रपाको विद्यार्थी संगठनको हालत पङ्चर देखिन्छ।

यो समाचार तयार पार्दासम्म आएका नतिजामा नेपाल विद्यार्थी संघले ९९, अनेरास्ववियुले ८६ र त्यसपछिको आधाजति अखिल क्रान्तिकारीले निर्विरोध र चुनावी नतिजामा जित निकालेको अवस्था रहेको छ।

‘विद्यार्थी संगठन भनेको नै दलको प्रतिनिधित्वका रुपमा लिनुपर्छ। आउने पुस्ताको राजनीतिको भार पनि स्ववियु चुनावले नै तय गर्ने हो’, राजनीतिक विषयका प्राध्यापकहरू भन्छन्,‘अहिलेको नतिजाले स्पष्ट भन्छ कि दलीय व्यवस्था र त्यसमा पनि कांग्रेस, एमाले र माओवादी नै रहने स्पष्ट खाका देखिएको छ।’
 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्