Nic Ad Nic Ad
Nic Ad Nic Ad

वंशनाशसँगै समाप्त भएको राजतन्त्र फर्किँदैन : सांसद शर्मा

बुधबार, चैत ६, २०८१
samridhi jewllers

काठमाडौ - नेकपा माओवादीका सांसद जनार्दन शर्माले वंशनाशसँगै समाप्त भएको राजतन्त्र फर्किन नसक्ने जिकिर गरेका छन्।

 बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले सार्वभौम भइसकेको जनताले राजतत्त्र ल्याउन मुर्खता नगर्न समेत स्पष्ट गरे। उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने भन्दै निरंकुशतन्त्र र तानाशाहीतन्त्र कदापी हुन नसक्ने दाबी गरे। 

उनले भने, ‘नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको प्रारम्भ कसरी भयो सबैलाई थाहा छ, जब २०५८ जेठ १९ गते दरवार हत्याकाण्ड भयो त्यस दिनबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्रको प्रारम्भ भयो,’ ‘एकातिर वंशनाशसँगै समाप्त भएको राजतन्त्र फर्किँदैन, सार्वजभौम भएका जनताले फेरि राजतन्त्र ल्याउने मुर्खता गर्दैनन् ।’ उनले आफूभित्र भएको राजतन्त्र भने निकाल्नुपनृुेमा जोड दिए । अन्त भइसकेको राजतन्त्र फर्किन्छ भनेर की भनेर आशंकित हुनु जरुरी नभएको भन्दै उनले राजतन्त्रको पक्षमा होहल्ला गर्न जरुरी नभएको उल्लेख गरे । 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्