Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजतन्त्र फर्किदैन, डर पनि छैन : जनार्दन शर्मा

बुधबार, चैत ६, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजतन्त्र फर्काउन कुनै हालतमा पनि नदिने बताएका छन् ।

samridhi jewllers

प्रतिनिधि सभाको बैठकमा बोल्दै उपमहासचिव शर्माले सो कुरा बताएका हुन् । उनले राजतन्त्र फर्किन्छ भन्ने आफूहरूले नसोचेको बताए । उनले आफूलाई राजतन्त्र फर्किने डर नभई आफ्ना कमी कमजोरी सच्याउन सक्छौं कि सक्दैनौं भन्ने डर रहेको बताए ।

उपमहासचिव शर्माले भने, ‘राज्य प्रणाली, निर्वाचन प्रणाली दल र नेतामा सुधार गर्नुपर्छ, फजुल सेवा सुविधा, भ्रष्टाचार र कमिसन, भागबण्डा मिलोमतोमा रमाउनु लोकतन्त्र होइन । त्यसको अन्त्य गर्नुपर्छ । आपसमा गालीगलौज वा कुनै उथलपुथल गरेर होइन । आफैतिर फर्केर समीक्षा गर्नुपर्छ । आज हामीले आफैतिर फर्केर समीक्षा गर्ने गरेका छैनौं ।’

संविधान र लोकतन्त्रका पक्षधर पार्टी र सरकारले जनतामा देखिएको विरोध र आक्रोशलाई नजरअन्दाज गर्न नहुने बताए। उनले दल र नेताहरूले आफैतिर फर्किएर गम्भीर आत्मसमीक्षा गर्न आवश्यक रहेको औंल्याए । उनले जनता पछि फर्किन चाहेका होइनन्, उन्नत लोकतन्त्र चाहेको बताए ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्