Nic Ad Nic Ad
Nic Ad Nic Ad

डोनल्ड ट्रम्पलाई झड्काः यूएसएड बन्द असंवैधानिक रहेको न्यायाधीशको ठहर

बुधबार, चैत ६, २०८१

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी सहायता गरिरहेको यूएसएड बन्द गर्ने निर्णय असंवैधानिक भएको एक जना संघीय न्यायाधीशले जनाएका छन्।

samridhi jewllers

एलन मस्क र उनले नेतृत्व गरेको सरकारी कार्यक्षमता विभाग डोजले युएसएड बन्द गर्दा अमेरिकी संविधान उल्लंङ्घन भएको भन्दै अनुदान सहायता कटौतीबारे अहिले थप निर्णय नलिन सरकारलाई आदेश दिइएको छ।

विदेशी सहायता नियोग यूएसएड बन्द गराउँदा एलन मस्कको नेतृत्वमा गठित डोजले संविधानभन्दा बाहिर गएको अमेरिकी न्यायाधीश थियोडोर चुआङको निष्कर्ष छ।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई यूएसएड अधिकारीहरू र ठेकेदारहरूलाई हटाउने काम रोक्न आदेश दिएका छन्। पूर्व कर्मचारीहरूको सरकारी इमेल, सुरक्षा, र भुक्तानी प्रणालीमा पहुँच पुनःस्थापित गर्न निर्देशन दिएका छन्।

न्यायाधीशले यूएसएड मुख्यालय अर्थात रोनाल्ड रेगन भवनमा आफ्ना कर्मचारी फर्कन अनुमति दिन भनेका छन् । न्यायाधीशको आदेशपछि प्रशासनले यस निर्णयको अपिल गर्ने सम्भावना रहेको सञ्चारमाध्यमले जनाएका छन्।
 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्