‘अपराध अनुसन्धानले पक्राउ गरेको २५ करोड विदेशी मुद्रा माओवादीको’
काठमाडौं– नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको रकम नेकपा माओवादी केन्द्रका नेताको भएको दाबी गरिएको छ।
यस्तो दाबी माओवादीमा लामो समय काम गरी एमाले हुँदै राजसंस्थाको वकालत गरिरहेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले गरेका हुन्।
यस विषयमा माओवादी वा रकम जफत गरी पक्राउ गरिएका युवाबारे प्रहरीले केही पनि खुलाएको छैन। रकमको विषयमा अनुसन्धान जारी रहेका बेला प्रसाईंको दाबीलाई लिएर फरक टिप्पणी भएका छन्।
उनले पत्रकार सम्मेलन गरेर नै उक्त रकम तिब्बतसँग लिङ्क रहेका माओवादी नेताको रहेको दाबी गरेका थिए।
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१ १५:१०
प्रतिक्रिया दिनुहोस्