विश्वविद्यालय क्याम्पस किर्तिपुरको स्ववियु निर्वाचन रोक्न उच्च अदालतको आदेश
काठमाडौं- विश्वविद्यालय क्याम्पस, केन्द्रीय क्याम्पस किर्तिपुरको आगामी चैत ८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रोकिएको छ ।
उच्च अदालत पाटनले केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
‘त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस किर्तिपुर स्ववियु निर्वाचन समितिले मिति २०८१/१२/०३ मा प्रकाशन गरेको सुचना कार्यन्वयन नगरी यथास्थितिमा राखु भनि विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ,’– अल्पकालीन अन्तरिम आदेशमा भनिएको छ ।
विष्णुबहादुर बडैलाले रिट दायर गर्दै अन्तरिम आदेश माग गरेका थिए । अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई चैत ७ गते छलफलमा बोलाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१ १५:२६
प्रतिक्रिया दिनुहोस्