Nic Ad Nic Ad
Nic Ad Nic Ad

२५ करोडसहित पक्राउ परेका लामालाई राजश्व अनुसन्धान पठाइयो

बुधबार, चैत ६, २०८१
samridhi jewllers

काठमाडौँ-डलर र युरो गरेर २५ करोड रुपैयाँ भन्दा बढीसहित पक्राउ परेका ट्रक चालकलाई प्रहरीले राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन, ललितपुर पठाएको छ ।

टोखाबाट सोमबार राति पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चालकको सिटमाथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड बढी रकमसहित टोखाको झोरबाट लामालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्