हार्दिक पाण्ड्या आईपीएलको पहिलो खेलमै प्रतिबन्ध
काठमाडौँ - भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान सूर्यकुमार यादवले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उद्घाटन खेलमा मुम्बई इन्डियन्स (एमआई) टोलीको कप्तानी गर्ने भएका छन् ।
अघिल्लो आईपीएल सिजनको अन्तिम खेलमा कप्तान हार्दिक पाण्ड्यामाथि प्रतिबन्ध लागेका कारण यस सिजनको पहिलो खेल गुमाउने भएका छन् ।
मुम्बई इन्डियन्सको पहिलो खेलमा हार्दिक पाण्ड्याको स्थानमा सूर्यकुमार यादवले टोलीको नेतृत्व गर्नेछन् । सूर्यकुमार भारतको राष्ट्रिय टी-२० टोलीका कप्तान हुन्।
आईपीएल २२ मार्चबाट सुरु हुनेछ, जसमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर आमनेसामने हुनेछन् । मुम्बई इन्डियन्सको पहिलो खेल मार्च २३ मा चेन्नईमा चेन्नई सुपर किंग्ससँग खेलिनेछ ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१ १५:३६
प्रतिक्रिया दिनुहोस्