कारोबार बढे पनि रोकिएन सेयर बजारको गिरावट
काठमाडौँ- बुधबार पनि सेयर बजारमा गिरावट जारी रहेको छ । अघिल्लो दिन ७.६ घटेको बजार आज १४.८ अंक घटेको छ । बजार घट्दा कारोबार रकम भने बढेको छ ।
अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको कारोबार भएको छ । ५३ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने ७ को स्थिर रहेको ट । होटेल तथा पर्यटन ०.१० तथा व्यापार ०.६० प्रतिशत बढे भने अरु सबै सेक्टरका सूचक घटेका छन्
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१ १५:५१
प्रतिक्रिया दिनुहोस्