लाजिम्पाटमा बिजुलीको पोलमा आगलागी
काठमाडौँ- लाजिम्पाटमा बिजुलीको पोलमा आगलागी भएको छ ।
लाजिम्पाटस्थित सडक छेउको बिजुलीको पोलमा बुधबार दिउँसो आगलागी भएको हो । आगलागी हुँदा केहीबेर सवारी आवागमन समेत अवरुद्ध भएको थियो ।
अहिले भने आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पोलका तारहरू सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१ १६:४५
प्रतिक्रिया दिनुहोस्