नेपाली सेनाले भन्यो संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ
काठमाडौं- नेपाली सेनाले संगठनलाई जोडेर आएका विभिन्न टिकाटिप्पणी हुन थालेको भन्दै आफ्नो धारणा सार्वजनिक गरेको छ ।
सेनाबारे बोल्नुअघि आधिकारिक जानकारी लिएर मात्रै धारणा राख्न जंगी अड्डाको अनुरोध छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज वक्तव्य जारी गरेको छ । पछिल्लो समय राजावादीहरुको आन्दोलन चर्किएसँगै नेपाली सेनालाई जोडेर सामाजिक सञ्जालमा विभिन्न प्रचार भएको थियो । यसैलाई ध्यानमा राखेर सेनाले आज विज्ञप्ती जारी गरेको हो ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१ १८:०३
प्रतिक्रिया दिनुहोस्