अमेरिकी दूतावास भन्छ – अमेरिकी कानुन उल्लंघन गरे भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं
काठमाडौ - काठमाडौंस्थित अमेरिकी दूतावासले कानुन उल्लंघन गरे भिसा रद्द गरिने बताएको छ । दूतावासले सामाजिक सञ्जाल फेसबुकमा बुधबार एक सूचना जारी गरी यस्तो बताएको हो ।
दूतावासले भनेको छ, ‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन । सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं – र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं ।’
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१ २०:४५
प्रतिक्रिया दिनुहोस्