एसईईमा क्याल्कुलेटर चलाउन पाउने! तर...
काठमाडौ - राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी, भक्तपुरको निर्देशनअनुसार क्यालकुलेटर प्रयोग गर्नु पर्ने विषयहरूको परीक्षामा परीक्षार्थीहरूलाई साधारण क्यालकुलेटर मात्र प्रयोग गर्न पाउने बताएको छ ।
यदि साइन्टिफिक क्यालकुलेटर प्रयोग गर्ने पर्ने अवस्था आएमा क्यालकुलेटरमा संचित गरिएका सबै डाटा हटाएर मात्र प्रयोग गर्न अनुरोध गरेको छ। साथै स्मार्ट वाच (SMART WATCH) को प्रयोगमा पुर्णतः निषेध गरिएको छ।
बिहीवार देखि सञ्चालन हुन गैरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) सञ्चालन अवधिमा अनुगमनको क्रममा नियन्त्रणमा लिएका मोबाइललगायतका प्रतिबन्धित सामग्रीहरूको सम्बन्धमा शिक्षा ऐन २०२८ को दफा १७(१ क) (च) मा परीक्षाको मर्यादा भंग हुने अन्य कुनै कार्य गरेमा दफा १७ (१ क) बमोजिम कारवाही समेत हुने कानुनी व्यवस्था समेत रहेको साथै दफा १७ (२) उपदफा (१) र (१ क) मा लेखिए देखि बाहेक कसैले यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम उल्लंघन गरेमा तोकिएको अधिकारीले सजाय गर्न सक्ने व्यवस्था छ।
परीक्षाको मर्यादा विपरीत निर्देशनको उल्लंघन गर्दै परीक्षा कोठाभित्र लैजान निषेध गरिएको मोबाइल परीक्षा कोठामा फेला परी नियन्त्रणमा लिएबाट परीक्षाको मर्यादा उल्लंघन भएको प्रष्ट छ। त्यसरी परीक्षाको मर्यादा भंग गर्ने कार्यलाई कानुनले समेत प्रतिबन्धित गरेको हुँदा निर्देशन विपरीत त्यस्तो कार्यमा संलग्न परीक्षार्थीलगायतका अन्य व्यक्तिहरूलाई कानुनबमोजिम कारवाही चलाइ ऐनको दफा १७ (२) (ग) बमोजिम आवश्यक कानुनी प्रकृया पूरा गरी नियन्त्रणमा लिएका मोबाइलका सम्बन्धमा कानुनबमोजिम जफतलगायतका अन्य कारवाही गरी व्यवस्थापन गर्न सबै जिल्ला परीक्षा समन्वय समितिलाई निर्देशन दिने राष्ट्रिय परीक्षा बोर्डको मिति २०८०/१२/२५ को अध्यक्ष स्तरीय निर्णय भएको र यस बर्ष पनि सोही अनुसार हुने हुँदा सो अनुसार आवश्यक व्यवस्था गर्नु गराउनुहुन अनुरोध छ।