Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिने

बिहीबार, चैत ७, २०८१

काठमाडौँ -  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन् ।

samridhi jewllers

प्रतिनिधि सभाको आज विहान ११ बजेदेखि बस्ने बैठकमा हरेक महिना सांसदहरुले प्रधानमन्त्रीसँग गरिदै आएको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची रहेको छ ।

हरेक महिना सांसदहरुले प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने गरिदै आएको भए पनि यसको प्रकृया र प्रभावकारिता बारे भने प्रश्न उठ्दै आएका छन् । यो प्रश्नोत्तर बढी औपचारिक  मात्र भएको आम रुपमा प्रतिक्रिया आउने गरेको छ ।

सांसदहरुले धेरै दिन अघि सोधेको लिखित प्रश्नको उत्तर प्रधानमन्त्रीले लिखित नै ल्याएर पढेर सुनाउने गरेको दृश्य प्रभावकारी नदेखिने टिप्पणी हुदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार