पूर्वाञ्चल क्याम्पसको अध्यक्षमा नेविसंघ र सचिवमा अखिलका उम्मेदवार विजयी
काठमाडौं - पूर्वाञ्चल क्याम्पस धरानमा नेविसंघका स्ववियु अध्यक्षमा नेविसंघका सागर बस्याल निर्वाचित भएका छन् । उनले ६६८ मत ल्याउँदा समाजवादी विद्यार्थी युनियन, नेपालका गणपति झाले ४४६ मत ल्याए ।
सचिवमा भने अनेरास्ववियुका प्रविश न्यौपानले ५८० मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघका यामनाथ गुरागाईले ६७४ मत ल्याएर निर्वाचित भएका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ ०९:२७
प्रतिक्रिया दिनुहोस्