Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदमा ज्ञानेन्द्रको चेतावनी- पूर्वराजाबारे बोल्दा होस पुर्‍याएर बोल्नुहोस्

बिहीबार, चैत ७, २०८१

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पूर्वराजा ज्ञानेन्द्र शाहका बारेमा बोल्दा होस पुर्‍याएर मात्रै बोल्न गणतन्त्रवादी दलहरूलाई चेतावनी दिएका छन् । 

samridhi jewllers

प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा उनले वामपन्थी दलहरूले आदर्शका रुपमा मान्दै आएका विदेशी नेताहरूको नाम उल्लेख गर्दैै पूर्वराजाका बारेमा बोल्दा होस पुर्‍याएर मात्रै बोल्न चेतावनी दिएका हुन् ।  

‘फागुन २५ गते हामीले गरेको स्वागत गरेको कसैका विरुद्ध आन्दोलन होइन । स्वागत गर्दा त मुटु हल्लियो, कलेजो थर्कियो । धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूका विरुद्ध आन्दोलन गर्‍यो भने हालत के हुन्छ रु यो कुरा याद गरेर संसद्‌मा कुरा उठाइयोस्,’ सांसद शाहीले भने ।  

उनले राजा फर्किँदैन भन्ने गरेको गणतन्त्रवादी दलहरूको अभिव्यक्तिका प्रति पनि आपत्ति जनाए । ‘राजा गइसक्यो फर्किँदैन भन्नुहुन्छ, गइसकेको राजा फर्किँदैन भने माक्र्स, लेनिन र माओको खोज्यो भने अस्तु पनि भेटिँदैन,’ शाहीले भने, ‘त्यो चैं कसरी फर्किन्छ र मान्छेलाई उल्लू बनाइराख्नुभएको ?’

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार