Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम : प्रधानमन्त्री ओली भन्छन् प्रचण्डसग सम्पर्क गर्ने प्रयासमा छु

बिहीबार, चैत ७, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सम्पर्क हुनेवित्तिकै बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।

samridhi jewllers

आज (बिहीबार) प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा माओवादी नेतृ एवं प्रतिनिधि सभा सदस्य विमला सुवेदीले ‘शान्ति प्रक्रियाको काम टुङ्ग्याउन किन आयोग गठन नगरेको ? बेपत्ता योद्धाहरु कहिले सार्वजनिक हुन्छन् ?’ लगायतका प्रश्न गरेकी थिईन् ।

सांसद शर्माका प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा द्वन्द्वकालमा भएका घटनाका कारण पीडित भएका व्यक्ति तथा निजका परिवारका सदस्यले छिटोभन्दा छिटो न्याय प्राप्त गरुन् भन्ने कुरामा सरकार संवेदनशील र गम्भीर रहेको बताए । आफूले यस विषयमा छलफल गर्न प्रचण्डसँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्भवन नभएको बताए ।

उनले भने, ‘शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने क्रममा आम सरोकारवालाहरुको परामर्शमा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को तेस्रो संशोधन भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथासक्य छिटो सुरु गरी शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार प्रतिवद्ध त । यसमा अहिले पनि म प्रयासरत छु । यसमा म विपक्षी दलका नेतासँग सम्पर्क गर्न खोजिरहेको छु । मैले पटक–पटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा समस्या भएकाले सम्पर्क गर्न नसक्नु भएको भन्ने जवाफ पाएको छु । उहाँसँग सम्पर्क हुनेवित्तिकै काम अगाडि बढाइने छ ।’

 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार