Nic Ad Nic Ad
Nic Ad Nic Ad

इपीजी प्रतिवेदन नेपाल एक्लैले बुझ्ने र कार्यान्वयन गर्ने कुरा होइन : प्रधानमन्त्री

बिहीबार, चैत ७, २०८१
samridhi jewllers

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी इपीजी प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने कुरा नभएको बताएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पहिला भारतले बुझेपछि मात्रै नेपालले बुझ्ने जनाएका हुन् ।

‘इपीजीको प्रतिवेदनमा नै पहिला भारतले बुझ्ने, त्यसपछि नेपालले बुझ्ने भनेर उल्लेख गरिएकाले पहिला नेपालले बुझ्न मिल्दैन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसमाथि कुटनीति जस्तो संवेदनशील विषयमा दुवै देशले मिलेर काम गर्नुपर्ने भएकाले दुवैको सहमति हुन जरूरी छ ।’

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार